• The Public Today
  • नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु


    काठमाडौं, असार १२ गते । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा करिब ३० वर्षीया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिए ।

    असार ११ गते ती महिला अचेत अवस्थामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै भेटाएको र उपचारका लागि राप्ति स्वास्थ्य अस्पतालमा लगेर जाँच गर्दा मृत्यु भएको पाइएको थियो । असार १२ गते उनको कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सम्पर्क स्थापित गराउने काम भइरहेको जनाइएको छ ।

    योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस