• The Public Today
  • भरतपुर अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु


    भरतपुर, असार १३ गते । चितवनको भरतपुर अस्पतालमा एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

    कैलालीको गोदावरी नगरपालिकास्थिल लालपुरका ५० वर्षीय कोरोना संक्रमितको शनिबर बिहान ७ बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

    उनी केही दिनदेखि चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गराइरहेका थिए। उनलाई फोक्सोको क्यान्सर रहेको थियो ।

    उनको बिहीबार कोरोना परीक्षण गरिएको थियो। राति आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस