• The Public Today
  • उपसभामुखको रिक्त पदपूर्तिको माग गर्दै सर्वोच्चमा रिट


    काठमाडौं, असार १३ गते । उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

    नेपालको संविधानअनुसार उपसभामुखको अविलम्ब व्यवस्थाका निम्ति परमादेशको आदेशको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा तथा सभामुखको कार्यालय, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, संघीय संसद् सचिवालय र नेपाल कानून आयोगलाई विपक्षी बनाएर अधिवक्ता तुलसी सिम्खडाले रिट निवेदन दायर गरेका हुन् ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस