• The Public Today
  • नेपालमा ७७ वटै जिल्लामा काेराेना सङ्क्रमण फैलियाे


    असार १३ गते : नेपालमा ७७ वटै जिल्लामा काेराेना भाइरसकाे सङ्क्रमण फैलिएकाे छ । आज रसुवामा पनि सङ्क्रमण देखिएसँगै नेपालभर काेराेना फैलिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

    शनिबार रसुवाका नाै जनासहित पाँच सय ५४ जनामा काेराेना पुष्टि भएसँगै सङ्क्रमितकाे सङ्ख्या १२ हजार तीन सय नाै पुगेकाे हाे । रसुवामा सङ्क्रमण पुष्टि भएकामा आठ जना महिला र एक पुरुष रहेका छन् ।

    विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक सय २० जना महिला र चार सय ३४ पुरुष गरी पाँच सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो पटक एक सय ३६ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई हजार आठ सय ३४ पुगेको छ ।

    यसैबीच कोरोनाबाट मृत्यु हुनेकाे सङ्ख्या २८ पुगेको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारकाे क्रममा मृत्यु भएकाे र उनमा सङ्क्रमण देखिएकाे मन्त्रालयले पुष्टि गरेको हो ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस