• The Public Today
  • वीरगञ्जको गण्डक अस्थाई कोभिड अस्पतालबाट २१ जना डिस्चार्ज


    वीरगञ्ज, असार १४ गते । वीरगञ्ज स्थित नारायणी अस्पतालको अस्थाई कोभिड गण्डक अस्पतालबाट २१ जना कोरोना संक्रमित निको भएपछि डिस्चार्ज भएका छन् ।

    अस्पतालको आइसोलेसन वार्डमा उपचाररत २७ मध्ये आइतबार २१ जना डिस्चार्ज भएको अस्पतालले जनाएकाे छ।

    डिस्चार्ज हुनेमा पर्साका १८ जना पुरुष र ३ जना महिला रहेका छन् । पछिल्लो दुई रिर्पोट नेगेटिभ आएपछि २१ जनालाई आइतवार डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन कुमार उपाध्यायले बताए ।

    यस अघि हिजो साँझ नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डक अस्पतालको आईसोलेशनबाट पर्साको पोखरीया नगरपालिकाका ७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका थिए । डिस्चार्ज हुनेमा ४ जना स्वास्थ्यकर्मी समेत रहेका थिए ।

     


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस