• The Public Today
  • लकडाउनमा सुरक्षा मापदण्ड कार्यान्वयनबारे प्रहरीद्वारा अनुगमन


    १५ जेठ,  सरकारले लकडाउन खुकुलो बनाएसँगै जनस्तरबाट बढेको गतिविधिबाट आउन सक्ने सम्भावित चुनौतिलाई मध्यनजर गरेर प्रहरीले बजार अनुगमनलाई तीब्रता दिएको छ ।

    समुदायमा संक्रमण फैलिन नदिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय, म्याग्दीले सुरक्षा मापदण्ड कार्यान्वय भए/नभएको विषयमा बजार अनुगमन थालेको हो ।

    जिल्ला प्रहरी कार्यालय, म्याग्दीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) किरणजंग कुँवरका अनुसार बेनी बजारका करिब ३ सय ५० पसल, व्यवसाय र संघसंस्थासहित घरघरमा रहेका व्यक्तिले गृह मन्त्रालयले जारी गरेको मापदण्डलाई पालना गरे/नगरेको विषयमा नियमित अनुगमन भइरहेको छ ।

    यदी पालना नगरेको पाइए संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही गरिने उनले बताए । कुँवरका अनुसार लकडाउन अवधिपछि हालसम्म ६१ वटा सवारीसाधन र ५७ जना व्यक्ति कानूनी कारबाहीको दायरामा आइसकेका छन् । उनीहरुबाट ५० हजार रुपैयाँ राजश्व संकलन भएको छ । अनलाईन खबर


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस