• The Public Today
  • सिन्धुलीमा पनि सलह


    १३ असार – कोरोनाको त्रास बढीरहेको सिन्धुलीको किसानहरुलाई अर्को मार थपिएको छ । भारत लगाएत अन्य देशहरुमा सलह किराको चर्चा चलीरहदा एक्कासि सिन्धुली लगाएत अन्य जिल्लाको किसानहरुमा पनि त्रास बढेको छ ।
    भारतको विहारहुँदै नेपाल प्रवेश गरेको सलह सिन्धुलीको बिभिन्न ठाउहरुमा देखा परेको छ । कमलामाई नगरपालिका वडा नम्बर ७ , ८ को बाघमारा, १० को भडार र दुईको चियाबारी माथि पनि देखिएको छ । कमलामाई नगरपालिकाका कृषि शाखाका प्राविधिक सरोज फुयाँलका अनुसार, किसानबाट फट्याङ्ग्राजस्तो कीरा आएर बाली खाएको सूचना पाएपछि सो क्षेत्रको अनुगमनमा गएको बताउनु भयो । अनुगमनको क्रममा जादा कीराको हूल जङ्गल क्षेत्रमा गएको किसानले बनाएका थिए । एकैछिनमा समेत बालीनालीमा ठूलो नोक्सानी पर्याएको किसानले बताएका थिए ।
    सिन्धुलीका कमलमाई नगरपालिकाको केहि क्षेत्रहरुमा सलहजस्तै कीरा भित्रिएको खवर पाए पछि कमलामाई नगरपालिकाका प्राविधिकहरु त्यसतर्फ गएको र उनीहरुले पठाएको कीराको नमूना हेर्दा सलह नै भएको सङ्केत गरेका छन् । सो विषयमा प्राविधिकहरुसँग छलफल भइरहेको र त्यसबारे यथार्थ सार्वजनिक गरिने विज्ञ देवराज अधिकारीले जानकारी दिनुभयो ।
    त्येस्तै सुनकोशी गाउँपालिकाको मुल्कोटमा पनि केही फट्याङ्ग्राजस्ता कीराहरुको हुल देखा परेको छ । ती कीराले मेलै लगाएर किसानले लगाएको मकै लगाएत फलफूलका पात खाएको स्थानीएकको गुनासो रहेको छ । हाम्रो सिन्धुली


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस