• The Public Today
  • कोरोना कहरः विश्वभर मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो


    एजेन्सी : विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ ।

    जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच लाख एक हजार २८१ पुगेको हो ।

    अमेरिकामा अहिलेसम्म एक लाख २५ हजार ८०३ जनाको मृत्यु भइसकेको छ भने ब्राजिलमा पनि मृत्यु हुनेको संख्या ५७ हजार ६२२ पुगेको छ । बेलायतमा पनि ४३ हजार ६३४३ जनाको मृत्यु भइसकेको छ । इटालीमा पनि मृत्यु हुनेको संख्या ३४ हजार ७३८ पुगेको छ । फ्रान्समा पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ हजार ७८१ पुगेको छ ।

    अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि एक करोड एक लाख १७ हजार ७०० पुगेको छ । त्यस्तै अहिलेसम्म ५१ लाख ४० हजार ८९९ जना संक्रमित निको भइसकेका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस