• The Public Today
  • नेपालमा थप ४७६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३२४८ पुग्यो


    काठमाडौं, असार १५ गते । नेपालमा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १३ हजार २४८ पुगेको छ । संक्रमितमध्ये हालसम्म ३ हजार १३४ जना निको भएर घर फर्किएका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस