• The Public Today
  • नेपालमा थप ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३५६४ पुग्यो


    काठमाडौं, असार १६ गते । नेपालमा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

    योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १३ हजार ५६४ पुगेको छ। संक्रमितमध्ये हालसम्म ३ हजार १९४ जना निको भएर घर फर्किएका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस