• The Public Today
  • गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि


    काठमाडौं, असार १७ गते । गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    गण्डकी प्रदेशका ६ जिल्लाका २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले जनाएको छ ।

    नयाँ थपिनेमा नवलपरासी बर्दघाट सुस्तापूर्वका १२ जना, स्याङ्जाका ८ जना, बाग्लुङका ३ जना, गोरखाका ३ जना र कास्की र तनहुँका एक, एक जना रहेका छन् । नयाँ थपिनेमा ९ जना महिला रहेका छन् ।

    प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

    गण्डकी प्रदेशका कोरोना संक्रमित ९ सय ९४ मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा २ जना संक्रमितको ज्यान गएको  छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस