• The Public Today
  • सशस्त्र प्रहरीको शव नहरमा भेटियाे


    असार १७ गते , सिरहा । सशस्त्र प्रहरी जवानको शव नहरमा डुवेको अवस्थामा फेला परेको छ । सिरहा नपा–१४ मा रहेको नहरमा डुवेको अवस्थामा सशस्त्र प्रहरी पोष्ट माडरमा कार्यरत महोत्तरी सोनवा गाउँ पालिका–३ का २३ वर्षिय सशस्त्र प्रहरी जवान मनोज कुमार यादवको मंगलबार अपरान्ह शव फेलापरेको हो ।

    उनी कसरी नहरमा डुवेको भन्ने अझै नखुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी विनोद घिमिरेले बताउनुभयो । मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भईरहेको सूचना अधिकारी भिमिरेले जानकारी दिनुभयो ।

    यादवको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहामा राखिएको प्रहरीले जानकारी दिएको छ ।

    :-जनता समाचार


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस