• The Public Today
  • बारामा चट्याङ लागेर चारजनाको मृत्यु, ७ जना घाइते


    बारा, असार १८ गते । बारामा चट्याङ लागेर चारजना महिलाको मृत्यु भएको छ ।

    बिहीबार बिहान पानीसँगै परेको चट्याङले बाराको फेटा गाउँपालिकाका दुईजना र कलैया उपमहानगरपालिकाका दुईजना गरी चारजना महिलाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

    फेटा गाउँपालिका १ त्रिवेनी बस्ने ३० वर्षीया सिन्दु देवी, ४० वर्षीया सुनरपती देवी तथा कलैया उपमहानगरपालिका शितलपुरका ४५ वर्षीया हलिमा खातुन र ३५ वर्षीया आशादेवि महतोको मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

    मृतक चारैजना महिला बिहान ७ बजे धान रोपाइँका लागि खेतमा गएको बेला चट्याङ लागेर मृत्यु भएको उपरीक्षक मिश्रले बताए  ।

    यस्तै मृतक महिलाहरुसँगै खेतमा गएका सात जना पुरुष घाइते भएका छन् । घाइतेकाे नाम अहिले सम्म खुल्न सकेको छैन ।

    उनीहरुलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ । घाइतेमध्ये एकजनाकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस