• The Public Today
  • भन्सार कार्यालय सिरहाले उठायो लक्ष्यभन्दा दोब्बर राजश्व


    लहान, असार १८ गते । भन्सार कार्यालय सिरहाले चालू आर्थिक वर्ष ०७६/७७ सकिनुअगावै लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन गरेको छ । लकडाउनका कारण भन्सारमा शिथिलता आए पनि ठाडी भन्सारले लक्ष्यभन्दा देब्बर राजस्व सङ्कलन गरेको हो ।

    भन्सार कार्यालयले चालू आव २०७६/७७ सकिन केही दिन बाँकी रहँदै रु सात करोड १६ लाख ७९ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख नरेश साहले जानकारी दिए । लकडाउनमा राहत सामग्रीको आयात बढेकाले राजस्व सङ्कलन बढेको प्रमुख साहको भनाइ छ ।

    चालू आव २०७६/७७ मा रु चार करोड ७९ लाख लक्ष्य तोकिएकामा हालसम्म उक्त राजस्व सङ्कलन भएको हो ।  लकडाउनमा राहत दिन भारतबाट गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार र तरकारीलगायतका सामग्रीको आयात बढेको थियो ।

    खेलाडीलाई खेलकूद सामग्री वितरण

    प्रदेशसभा सदस्य प्रमोद यादवले सिरहा नगरक्षेत्रका खेलाडीलाई संसदीय कोषको रकमबाट खेलाडीलाई खेलकूद सामग्री वितरण शुरु गरेका छन् । सिरहा नगरपालिका क्षेत्रका २२ वटै वडालाई लक्षित गरी आज बिहानबाट खेलकूद सामग्री वितरण शुरु भएको सलहेश युवा कल्बका अध्यक्ष राजिव यादवले जानकारी दिए ।

    संसदीय कोषको रु नौ लाख ५० हजारको लागतमा फुटबल र क्रिकेटलगायतका खेलहरु प्रोत्साहन गर्न सो सामग्री वितरण गरिएको क्लबका अध्यक्ष यादवले बताए ।


    क्याटेगोरी : अर्थ, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस