• The Public Today
  • बारामा चट्याङबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारले १ लाख दिने


    रौतहट, असार १८ गते । प्रदेश २ सरकारले बारामा चट्याङ लागेर मृत्यु भएका परिवारलाई जनही एक-एकलाख रुपैया सहयोग गर्ने भएको छ ।

    प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले चट्याङ लागेर मृत्यु भएका व्यक्तिको परिवारलाई एक–एकलाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । साथै चट्याङ लागेर घाइते भएका सबैको उपचार खर्च प्रदेश सरकारले दिने मन्त्री सोनलले बताए ।

    बिहिवार बिहान परेको वर्षासँगै बाराको कलैया नगरक्षेत्र अन्तरगतका २ जना महिलाको खेतमा धान रोपाइँ गर्न गएको समयमा चट्याङ लागेर मृत्यु भएको थियो । त्यसैगरी फेंटा गाउँमा घरमाथि चट्याङ खस्दा २ महिला गरि ४ जनाको मृत्यु भएको थियो । चट्याङ लागेर १० जना घाइते भएका छन् ।

    फेंटा गाउँपालिकाको ७ जना, कलैयाको  २ जना र सुवर्ण गाउँपालिकाको १ जना गरी १० जना चट्याङ लागेर घाइते भएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए । घाइतेमध्ये एकजना गम्भिर र अन्य सामान्य अवस्थामा रहेका छन् । घाइते ७ जनाको वीरगञ्ज र ३ जनाको कलैया अस्पतालमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस