• The Public Today
  • कोरोना कहर: विश्वभर मृत्यु हुनेको संख्या ५ लाख १२ हजार नाघ्यो, १ करोड ५ लाख बढि संक्रमित


    एजेन्सी : कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख १२ हजार नाघेको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख १२ हजार ८४२ पुगेको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । दोस्रोमा ब्राजिल छ ।

    कोरोना संक्रमितको संख्या विश्वमा एक करोड ५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ५ लाख ३३ हजार ७७९ पुगेको छ ।

    सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पनि पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।

    चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ । संयुक्त राष्ट्रसंघले कोरोना नियन्त्रणमा अफ्रिकाबाट अमेरिका तथा युरोपले सिक्नु पर्ने बताएको छ ।

    यद्यपि पछिल्लो समय अफ्रिकन मुलुकमा पनि कोरोना तिव्र गति फैलिरहेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस