भारतमा एकैदिन थपिए साढे २० हजार काेराेना संक्रमित

एजेन्सी : भारतमा कोरोना संक्रमण दर दिनप्रतिदिन बढिरहेको छ । बिहीबार एकदिनमै त्यहाँ साढे २० हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २० हजार ९ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो भारतमा एकदिनमा थपिएको संक्रमितको संख्या अहिलेसम्मकै बढी हो ।

योसमेत गरेर भारतमा कूल संक्रमितको संख्या ६ लाख २५ हजार ५ सय ४४ पुगेको छ । तीमध्ये १८ हजार २१३ जनाकाे मृत्यु भइसकेकाे छ भने ३ लाख ७९ हजार ८ सय ९२ जना निकाे भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।