• The Public Today
  • चीन र पाकिस्तानका विदेशमन्त्रीबीच वार्ता


    भदौ ६ गते : चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साह मोहमुद कुरेसीबीच शनिबार वार्ता भएको पाकिस्तानी पत्रिका ‘डन’ ले जनाएको छ ।
    उक्त पत्रिकाका अनुसार उनीहरुबीच शनिबार बिहान भएको वार्तामा हाल पाकिस्तानमा फैलिएको कोरोना भाइरसको महामारीका बारेमा कुराकानी भएको थियो ।

    पाकिस्तानी विदेशमन्त्री कुरेसी हाल चीन भ्रमणमा छन् । उनी चीनको दुई दिनको भ्रमणका क्रममा हाल त्यहाँ रहेको पनि सो पत्रिकाले जनाएको छ । उक्त पत्रिकाका अनुसार उनीहरुबीच कोरोना भाइरस महामारीका अतिरिक्त चीन पाकिस्तान द्धिपक्षीय सम्बन्ध र क्षेत्रीय विषयमा विभिन्न मुद्दामा छलफल भएको बताएको छ ।

    चीन पाकिस्तानका विदेशमन्त्री बीच चीनको हाइनानमा हुने द्धिपक्षीय रणनीतिक वार्ताको कार्यक्रमका लागि पाकिस्तानी विदेशमन्त्री कुरेसी चीन गएका हुन् ।उनीहरुबीच भएको वार्तामा दुवै देशका विदेशमन्त्री द्धिपक्षीय शान्ति र समृद्धिका साथै अरु साझा चासोका विभिन्न विषयमा सहमत भएको बताइएको छ ।

    उनीहरुबीच कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्नका लागि मिलेर अघि बढ्ने विषयमा पनि सहमति भएको डन पत्रिकाको अनलाइन संस्करणले जनाएको छ ।  एजेन्सी


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस