माधव नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि

फाइल फोटो

काठमाडौं, भदौ ६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार नेपालका पीएसओ र पछुवा गाडीका चालकसहित ९ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको हो । तर, नेता नेपाल र उनका परिवारका सबै सदस्यको रिपोर्ट भने नेगेटिभ आएको उनले जानकारी दिए।

बिहीबार गरिएको स्वाब संकलनको रिपोर्ट शुक्रबार राति आएको उनले बताए । ‘बिहीबार स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो,’ उनले भने,‘रिपोर्ट आउँदा पीएसओसहित ९ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।’

उनले संक्रमित सबै प्रहरीलाई आइसोलेसनमा पठाइसकिएको बताए ।