• The Public Today
  • कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या १४६ पुग्यो


    काठमाडौं, भदौ ६ गते । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

    शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको जानकारी दिए ।

    प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट सुनसरीका ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्साका ६१, ५८ र ४८ वर्षीय पुरुष, बाराका ५८ वर्षीय पुरुष, सिरहाका ६८ वर्षीय पुरुष, मकवानपुरका ५६ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस