• The Public Today
  • विश्वमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ८ लाख नाघ्यो


    भदौ ६ गते : विश्वमा कोरोनाका कारण ८ लाख भन्दा धेरैको ज्यान गएको छ । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ८ लाख ३ हजार ३ सय ७४ जनाको ज्यान गएको वल्डोमिटरले जनाएको छ ।

    विश्वमा अहिलेसम्म २ करोड ३१ लाख ३० हजार ४ सय भन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये १ करोड ५७ लाख २२ हजार ७ सय भन्दा धेरै उपचारपछि निको भएका छन् ।

    कोरोनाको सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा अहिलेसम्म ५७ लाख ९६ हजार भन्दा धेरैलाई सङ्क्रमण भएको छ भने एक लाख ७९ हजार २ सय जनाको ज्यान गएको छ ।

    यस्तै, ब्राजिलमा ३५ लाख ३६ हजार ४ सय भन्दा धेरै सङ्क्रमित छन् भने भारतमा अहिलेसम्म २९ लाख ७९ हजार भन्दा धेरै सङ्क्रमित भएका छन् । भारतमा कोरोनाका कारण ५५ हजार ९ सय भन्दा धेरैको ज्यान गएको छ । उज्यालो   


    क्याटेगोरी : मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस