• The Public Today
  • नेकपा कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझायो


    काठमाडौं, भदौ ६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानको बाटो पहिल्याउन बनाइएको कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझाइएको थियो । नेकपाको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने धारणा राखेपछि स्थगित हुँदै आएको बैठक अझै सुरु हुन सकेको छैन ।

    नेकपाका अध्यक्षद्वयको अनौपचारिक छलफलपछि महासचिव विष्णु पौडेल नेतृत्वमा कार्यदल बनाइएको थियो । कार्यदलले लगातारको छलफलपछि प्रतिवेदन तयार पारेको हो । अब उक्त प्रतिवेदन दुई अध्यक्षले छलफलपछि सचिवालय बैठकमा पेस गर्नेछन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस