• The Public Today
  • जनकपुरमा एक युवकको शव पोखरीबाट बरामद


    भदौ ६ गते :  जनकपुरमा एक युवकको शव पोखरामा फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका – ९ स्थित पीडारी चोकमा रहेको गोरधोई पोखरीमा एक युवक शव फेला परेको हो ।

    सर्लाही घर भई हाल जनकपुरमै डेरा लिइ बस्दै आएका अन्दाजी २२ वर्षीय अविनाश कर्णको शव पोखरामा फेला परेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

    मृतक युवक जनकपुरको एक विद्यालयमा अध्यापन पेशामा सङ्लग्न रहेको र केही महिनादेखि मानसिक सन्तुलन ठीक नभएकाले उनको उपचार समेत हुँदै आएको डिएसपी मिश्रले बताए ।

    मृतकका परिवारजन समेत सम्पर्कमा आइसकेकाले शवको पोष्टमार्टम गरी बुझाउने परिवारजनलाई बुझाउने प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस