• The Public Today
  • बाराबाट अवैध १६ लाख बरामद, पैसाको झोला फालेर अभियुक्त फरार


    भदौ ६ गते : बाराको गढीमाई नगरपालिका वडा नम्बर ७ बेनौलीबाट अवैध १६ लाख रुपैयाँ बरामद भएको छ ।
    जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार प्रहरी चौकी तेलकुवाबाट खटिएको प्रहरी टोलीले पश्चिम बेनौली चोकतर्फबाट आएको मोटरसाइकललाई चेकजाँच गर्न खोल्दा मोटरसाइकलका चालक आफूले बोकेको झोला फ्याकी भागेको र सो झाला खोलेर हेर्दा १६ लाख नगद भेटिएको हो ।

    उनका अनुसार झोलामा ५०० दरको १६७६ थान र हजार दरको ७६२ थान नेपाली रुपैयाँ बरामद भएको छ ।
    घटनाबारे अनुसन्धान हुनुका साथै अभियुक्तको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । रातोपाटी 


    क्याटेगोरी : अपराध, अर्थ, मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस