• The Public Today
  • सशस्त्र प्रहरी टोलीद्वारा करीब ४३ किलो गाँजा बरामद


    भदौ ६ गते : बारा जिल्लाको पचरौता नगरपालिका ९ स्थित कालाबन्जरबाट सशस्त्र प्रहरीको टोलीले ४३ किलो ६ सय ग्राम गाँजा बरामद गरेको छ ।
    सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस तेलकुवाबाट खटिएको टोलीले सो परिमाणमा गाँजा बरामद गरेको हो ।

    गाँजा लिएर जाँदै गरेका व्यक्तिहरु सशस्त्रको टोलीलाई देख्नासाथै उक्त गाँजा सोही ठाउँमा छाडेर भागेपछि बरामद गरिएको हो ।
    बरामद गाँज जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस