• The Public Today
  • महोत्तरीमा बोक्सी आरोपमा महिलामाथि कुटपिट


    भदौ ६ गते । महोत्तरीको सम्सी गाउँपालिका – ७ जावद टोलमा एक महिलामाथि बोक्सी आरोपमा कुटपिट भएको छ । शुक्रबार राति स्थानीय दिनेश यादव लगायत उनका छोराहरु कृष्ण यादव, आशिक यादव, आमा सुजियादेवी लगायतले महिलालाई कुटपिट गरेको स्थानीयबासीले बताएका छन्

    घाइते महिलाको जनकपुरमा रहेको जानकी हेल्थ केयरमा उपचार भइरहेको पीडित महिलाका छोराले बताएका छन् ।

    बाेक्सी आरोप लगाउँदै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका कृष्ण यादव प्रहरीको हिरासतबाट छुटेका छन् । बुवा दिनेश यादवले प्रहरीलाई राजनीतिक दबाब दिएर कृष्णलाई छुटाएको स्थानीयबासीकाे भनाइ छ ।


    क्याटेगोरी : अपराध, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस