• The Public Today
  • क्षतिपूर्तिको माग गर्दै मृतकको शवसहित स्थानीय आन्दोलनमा


    भदौ ७ गते : कञ्चनपुरको महाकाली नगरपालिका–६ मा मोटरसाइकल सवारी दुर्घटनामा परी मृत्यु भएका सागर बमको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् । स्थानीयवासीले दुर्घटनामा मृत्यु भएका युवकका परिवारलाई क्षतिपूर्ति माग्दै शनिबार दिनभर इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् ।

    मृतक बमको शवसहित क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन् । महाकाली–६ मा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा बमको मृत्यु भएको थियो । बम महाकाली–१ का बासिन्दा हुन् । स्थानीयवासीले प्रहरी कार्यालय घेराउसहित नाराबाजी गर्दै सडक अवरुद्ध गरेका छन् । मोटरसाइकलमा सवार अर्का कुमार बुढा घाइते छन् । भारतीय नम्बरको युके०६एएफ ८४२६ नंको मोटरसाइकल युके०६ए०६ए ५८१२ नंको मोटरसाइकलसित ठोक्किएको थियो ।

    मोटरसाइकल ठोक्किएपछि बम बेहोस भएका थिए । उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको थियो । उनीसँगै मोटरसाइकलमा सवार बुढाको खुट्टा भाँचिएको छ । रासस  


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस