• The Public Today
  • १२ वर्षमाथिका बालबालिकाले पनि मास्क लगाउनुपर्ने डब्ल्यूएचओको नयाँ नियम


    भदौ ७ गते : विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ ले १२ वर्षमाथिका बालबालिका तथा किशोर अवस्थाका व्यक्तिबाट कोरोना भाइरस फैलन सक्ने भन्दै मास्क लगाउनुपर्ने नियम जारी गरेको छ ।

    डब्ल्यूएचओले १२ वर्षभन्दा माथिका बालबालिका तथा किशोरकिशोरीले वयस्क व्यक्तिले जस्तै मास्क लगाउनुपर्ने जनाएको बीबीसीले जनाएको छ ।

    यसअघि किशोर अवस्थाका व्यक्ति कोरोना भाइरसको संक्रमण कम फैलने देखिएकोमा अहिले किशोर अवस्थाका व्यक्तिबाट पनि वयस्कबाट जस्तै संक्रमण फैलने पाइएकाले उनीहरुलाई मास्क अनिवार्य गर्न डब्ल्युएचओले सुझाव दिएको छ ।

    तर उसले पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई मास्क नलगाउन तथा ६ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई मास्क लगाउन भनेको छ । कोरोना भाइरसका कारण विश्वभर दुई करोड ३३ लाख ८० हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने आठ लाख नौ हजार जनाको ज्यान गइसकेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस