• The Public Today
  • निषेधाज्ञा अवज्ञा गर्ने १ सय ४७ गाडी कारबाहीमा


    भदौ ७ गते : काठमाण्डौ उपत्यकामा बिहानै निषेधाज्ञा अवज्ञा गर्ने १ सय ४७ वटा गाडी होल्ड भएका छन् ।

    निषेधाज्ञा पालना नगर्ने दुई पाङ्ग्रे १ सय ३६ र चारपाङ्ग्रे ११ वटा गाडीलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    हिजो होल्ड गरिएका ७३५ वटा गाडीलाई राति ८ बजे छाडिएको थियो । निषेधाज्ञा उल्लङ्घनको घटना बढेमा स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

    काठमाण्डौ, भक्तपुर र ललितपुरमा सङ्क्रमणको दर बढेपछि प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णय अनुसार उपत्यकामा बिहीबारदेखि १० गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ।

    भिडभाड कम गर्न अति आवश्यक खाद्यान्न, फलफूल तथा दूध डेरीलगायतका पसल बिहान ७ बजेसम्म मात्रै सञ्चालन गर्ने भने पनि आवश्यकताअनुसार ९ बजेसम्म खुल्ने गरेका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस