• The Public Today
  • बारा र पर्सामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि


    वीरगञ्ज, भदौ ७ गते । बारा र पर्सामा थप एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा आइतबार राति गरिएको परीक्षणमा ३४ महिलासहित एक सय ५६ जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमित हुनेहरुमा स्वास्थ्यकर्मी प्रहरी कर्मचारी,पत्रकार तथा नेपाली सेनासमेत रहेका छन् ।

    तीन सय २० जनाको स्वाब संकलन गरी परीक्षण गर्दा बाराका ११ र पर्साका एक सय ४५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमितहरु ३ वर्षदेखि ७० वर्ष उमेर समूहका छन् ।

    पर्सामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट २८ जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस