• The Public Today
  • संक्रमित बढ्दै गएपछि रौतहटमा ३ सय बेड क्षमताको सुविधासम्पन्न आइशोलेसन संचालनमा


    भदौ ७ गते : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रौतहटमा तीन सय बेड क्षमताको सुविधा सम्पन्न आइसोलेशन सञ्चालनमा आएको छ । देवाही गोनाही नगरपालिका धरहरीस्थित जयकिसान पोलिटेक्निकल क्याम्पसको भवनमा शनिबार साँझदेखि तीन सय शैय्याको आइसोलेशन सञ्चालनमा आएको हो ।

    जिल्लाका सबै स्थानीय तहहरुसँग सहयोग रकम मागेर जिल्ला संकट व्यवस्थापन समितीले आइशोलेसन संचालन गर्ने निर्णय गरेको

    थियो । निर्णय अनुसार जिल्लाका १८ वटै स्थानीय तहसँग तत्काल ५ लाख रुपैयाँ माग गरिएको थियो ।

    माग अनुसार १८ मध्ये कटहरिया, बौधिमाई, गढिमाई, गौरलगायत ७ स्थानीयतहले सनिवार शुक्रबार सम्म जिल्ला अस्पताल विकास समितिको खातामा जम्मा गरेपछि आईसोलेसन सञ्चालन भएको डाक्टर कृष्ण साहले जानकारी दिए ।

    शनिवार प्रजअ ईन्द्रदेव यादव, जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्का, सशस्त्रका एसपी सूर्यसेन ओली, अनुसन्धानका एसपी अभिनय सिंह, नेपाली सेनाका कर्णेल सामन्तध्वज खाँण र केही नगर प्रमुखहरुले शनिवार संयुक्त निरीक्षण गरे पश्चात् आइसोलेशन सञ्चालनमा आएको हो ।

    आइसोलेसनमा बस्ने बिरामीको एकजना मेडिकल अधिकृतको मातहतमा ४ जनाको टोलीले उपचार गर्ने डाक्टर कृष्ण साहले जानकारी दिए ।

    त्यसैगरी प्रदेश २ को सामाजिक विकास मन्त्रालयले उपलब्ध गराउन लागेको पिसिआर जाँच मेसिन अगामी दुई साताभित्र सञ्चालन भैसक्ने डाक्टर साहले बताए ।

    रौतहटमा हालसम्म कुल १५ सय १५ कोरोना संक्रमित मध्ये एकसय ५० बिरामी सक्रिय रहेको तथा अन्य कोरोना जितेर घर फर्किसकेको जिल्ला अस्पताल गौरका प्रमुख डाक्टर कृष्ण साहले जानकारी दिएका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस