• The Public Today
  • नवलपरासीमा हत्याको आरोपमा २ जना पक्राउ


    भदौ ७ गते : नवलपरासी  बर्दघाट सुस्ता पश्चिम प्रतापपुर गाउँपालिका –८ पथलहवाँ टोलका ४० वर्षीय अर्जुन यादवलाई हत्या गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । यादवलाई गएराति कुटपिट गरी हत्या गरेको आरोपमा सोही स्थानमा बस्ने अन्दाजी २७ वर्षीय पुरुष र प्रतापपुर गाउँपालिका– ८ फत्कीटोल बस्ने अन्दाजी २३ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए ।
    विवादका कारण गरिएको कुटपिटका कारण यादवको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    एकै दिन २९ संक्रमित
    जिल्लामा आज एकै दिन पाँच स्वास्थ्यकर्मी  सहित २९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम का प्रमुख गौरव ढकालकाअनुसार आज प्राप्त प्रतिवेदनअनुसार थप २९ जनामा कोरोना पुष्टि भएको हो । तीमध्ये पाँच स्वास्थ्यकर्मी, एक जनप्रतिनिधि, केही पाल्हीनन्दन गाउँपालिकाका कर्मचारी र अन्य विभिन्न व्यक्ति छन् ।

    परासीस्थित पृथ्वीचन्द्र अस्पताल परासीमा कार्यरत तीन चिकित्सकसहित चार स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि गर्भवतीबाहेकका अन्य सबै खाले बिरामीलाई सेवा बन्द गरिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।मोहम्मद नुरुल होदाले जानकारी दिए ।

    यसैगरी पाल्हीनन्दन गाउँपालिकाका जनप्रतिनिधि, एक स्वास्थ्यकर्मी र केही कर्मचारीसहित २५ जना छन् । जिल्लामा कोरोना भाइससको संक्रमण बढ्दै गएपछि तत्कालै कन्टयाक ट्रेसिङलाई प्राथमिकता दिइने प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए । जिल्लामा हालसम्म कोरोना संक्रमित १७२ पुगेका छन् । रासस


    क्याटेगोरी : अपराध, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस