बुटवलको कोरोना विशेष अस्पतालमा दुई संक्रमितको मृत्यु

काठमाडौं, भदौ ७ गते । कोरोना भाइरस संक्रमणका बुटवलमा दुई जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा एक महिला र एक पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिला र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुष रहेको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज
प्रतिक्रिया दिनुहोस