• The Public Today
  • भारतमा बसेर नेपालमा अपराध गर्दै आएका बग्गा समातिए


    भदौ ७ गते : भारतमा बसेर नेपालको विभिन्न सहरमा अवैध हतियार र लागूऔषध भित्र्याउने गिरोहका मुख्य नाइके पक्राउ परेका छन्। प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका हतियार कारोबारी भारतीय नागरिक ३९ वर्षीय ‘बग्गा’ भनेर चिनिने प्रदीप यादवलाई प्रहरीले समात्न सफल भएको हो। भारतमा बसेर नेपालका प्रदेश १ र २ का विभिन्न जिल्लामा हातहतियार र लागूऔषध कारोबारको सञ्जाल विस्तार कार्यमा उनको संलग्ता रहँदै आएको थियो।

    भारतको अररिया जिल्ला इन्द्रनगर ग्राम पञ्चायतका १० टिकुलिया टोलका यादवलाई शनिबार साँझ विराटनगर १६ दरैयाबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए। प्रहरीका अनुसार उनी आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाइके हुन्। हातहतियार खरखजाना तथा लागूऔषध मुद्दाका फरार प्रतिवादी पनि भएको प्रहरीको दाबी छ।

    भारतमा बसेर नेपालमा अवैध हतियार र लागूऔषध सञ्जाल विस्तर गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीका प्रवक्ता डिएसपी राईले बताए। प्रहरीले बग्गालाई डाइलेक्स डिसी १५ बोतल, नाइट्रोसन ५० चक्की र नाइट्रोभेट ५१ चक्की लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।

    अपराध कार्यमा बग्गाको संलग्ता प्रहरीका अनुसार भारतमा बसेर नेपालमा थुप्रै आपराधिक क्रियाकलपामा संलग्न बग्गाले २०७५ मंसिर ३ गते उदयपुरको उदयपुरगढी गाउँपालिका १९ का मन्दिप तामाङलाई मेडिइन युएसए अटोमेटिक पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने चार थान गोली पठाउने गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ।

    यस्तै सुनसरी दुहवी नगरपालिका ५ घर भई हाल इटहरी १२ खनार बस्ने ३५ वर्षीय सुशीलकुमार साहुलाई भारतबाट अवैध हातहतियार नेपालतर्फ पठाउने क्रममा मन्दिप तामाङसँगै प्रहरीले विराटनगर १६ स्थित हुलास मेटल चोकबाट पक्राउ गरेको थियो। ​उनीहरूविरुद्ध प्रहरीले हतहतियार तथा खरखजना मुद्दा दर्ता गराएको छ। सो मुद्दामा भारतबाट अवैध हातहतियार नेपालतर्फ पठाउने गिरोहका मुख्य नाइके बग्गा नै प्रहरीले बनाएको छ। थाहाखबर  


    क्याटेगोरी : अपराध, मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस