पहिलो पारीमा इङ्ल्यान्ड बलियो

भदौ ८ गते : इङ्ल्यान्ड- पाकिस्तान टेस्ट सिरिजको अन्तिम खेलको पहिलो पारिमा घरेलु टोली इङ्ल्यान्ड बलियो देखिएको छ । जवाफी ब्याटिङ गरेको पाकिस्तान सस्तैमा समेटिएपछि इङ्ल्यान्ड पहिलो पारीमा बलियो देखिएको हो ।

तेस्रो दिनको खेलमा पाकिस्तान २७३ रन जोड्दै अलआउट भयो । पाकिस्तानका लागि कप्तान अजहर अलीले शतकीय पारी खेले । उनले २१ चौकाको मद्दतमा १५१ रनको अविजित शतकीय पारी खेलेका हुन् ।

त्यस्तै मोहम्मद रिजवानले अर्धशतकीय पारी खेले । उनले पाँच चौका र एक छक्का प्रहार गर्दै ५३ रनको अर्धशतकीय पारी खेलेका हुन् । फवाद आलमले २१, यसिर साहले २० र बाबर आजमले ११ रन जोड्नबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।

इङ्ल्यान्डका लागि जेम्स एन्डरसनले पाँच विकेट लिए । स्टुअर्ट ब्रोडले दुई तथा क्रिस वोक्स र डोम बेसले एक एक विकेट लिए ।

यसअघि आफ्नो पहिलो पारीमा इङ्ल्यान्डले ५८३ रन जोडेको थियो । इङ्ल्यान्डका लागि ज्याक क्रोलिले दोहोरो शतकीय पारी खेलेका थिए । उनले २६७ रनको दोहोरो शतकीय पारी खेलका थिए । त्यस्तै जोस बटलरले १५२ रनको शतकीय पारी खेलेका थिए । एजेन्सी