• The Public Today
  • भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख नाघ्यो


    एजेन्सी : भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६१ हजार ७४९ जना संक्रमित भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख ५ हजार १८५ पुगेको हो ।

    संक्रमितमध्ये अहिलेसम्म २३ लाख ३६ हजार ७९६ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख १० हजार ६९७ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ५७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा ८४६ जनाको मृत्यु भएपछि भारतमा सोमबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५७ हजार ६९२ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश, समाज
    ट्याग : #कोरोना कहर

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस