• The Public Today
  • उत्तर कोरियाका शासक किम ‘कोमा’मा !


    एजेन्सी : उत्तर कोरियाका सर्वाेच्च नेता (शासक) किम जङ उन फेरि गम्भीर बिरामी परेको खबर सार्वजनिक भएको छ ।

    उनी अहिले कोमामा रहेकाले उत्तर कोरियाको शासन सत्ता उनकी बहिनी किम यो जोङले सम्हाल्न थालेको दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम डे जुङलाई उधृत गर्दै दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

    केही दिनअघि मात्र किमले आफ्नी बहिनी यो जोङलाई थप अधिकार दिएर शक्तिशाली बनाएकाे खबर सार्वजनिक भएकाे थियाे । याे : उत्तरकोरियाका शासक किम जोङ उनले आफ्नी बहिनीलाई बनाए थप शक्तिशाली

    न्युयोर्क पोस्टका अनुसार दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम डे जुङले आफ्नो देशका सञ्चारमाध्यमसँग ‘मैले थाहा पाएअनुसार उनी (किम जोङ उन) कोमामा छन्’ भनेका छन् । उनले जासुसमार्फत आफूले यो गोप्य कुरा थाहा पाएको दाबी गरेका छन् ।

    यसअघि पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा किमको मृत्यु नै भएको खबर आएका थिए। तर पछि उनी सार्वजनिक भएका थिए ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस