• The Public Today
  • कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु


    भदौ ८ गते : विराटनगर महानगरपालिकामा आइतबार राति थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट विराटनगर ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै महानगरमा मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ ।

    बिहीबार स्वाब संकलन गरिएको मृतकको आइतबार रिपोर्ट पोजिटिभ आएको विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्कीले बताइन् । उनमा संक्रमण पुष्टि भएपछि साँझ ६ वजे कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको तर राति ११ वजे मृत्यु भएको कार्कीले बताइन् ।

    मृतकको परिवारमा थप तीन जना संक्रमित रहेकाले तिनीहरुको आइसोलेसनमा व्यवस्थापन गर्ने महानगरले तयारी गरेको छ । महानगरमा हालसम्ममा संक्रमितको संख्या ८ सय १३ पुगेको छ । जसमा १ सय ६७ जना निको भएर घर फर्किसकेका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस