• The Public Today
  • तयार भए जनकपु -जयनगर चल्ने दुई रेल, एउटा पटना आइपुग्यो


    भदौ ८ गते : जनकपुर-जयनगर गुड्ने रेल तयार भएको छ। रेल विभागका अनुसार १३०० यात्रु क्षमताको इलेक्ट्रिक रेल तयार भएको हो।

    विभागका महानिर्देशक बलराम मिश्रका अनुसार उक्त रेल पटनाको सोनपुर हाजिपुरमा आइपुगेको छ।

    तर, कोरोना महामारीको कारण नेपालसम्म ल्याउन केही समय लाग्ने मिश्रले बताए।

    यो रेल बनाउन भारतीय कम्पनी इन्टरनेशनल कोच फ्याक्ट्रीलाई दिइएको थियो। यो कम्पनी रेल निर्माणका लागि भारतमा ख्यातिप्राप्त छ।  मिश्रका अनुसार कोङकड रेल्वे कर्पोरेसनले सामग्रीहरू सप्लाई गरेको थियो।

    विभागले भ्याटबाहेक ८६ करोडमा दुई वटा रेल बनाउन भारतीय कम्पनीलाई जिम्मा दिएको हो। दुबै रेल तयारी अवस्थामा रहेको र एउटा पटनामा आइसकेको मिश्रले बताए।

    ‘एउटा रेल नेपाली बोर्डरभन्दा दुई तीन घन्टा पर पटनाको सोनपुर(हाजिपुर क्षेत्रमा आइपुगेको छ, कोभिड(१९ का कारण नेपालसम्म ल्याउन सकिएको छैन,’ उनले भने।

    यो रेल डिजेलबाट स्टार्ट हुन्छ र जेनेरेटरबाट पैदा भएको बिजुलीबाट चल्छ। रेलले १२०० देखि १३०० जना यात्रु क्षमता राख्छ।

    रेललाई फर्काइराख्नु पर्दैन। दुबैतिर इन्जिन रहेकाले यो रेल चलाउन निकै सजिलो रहेको मिश्रले बताए । सेतोपाटी


    क्याटेगोरी : मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस