• The Public Today
  • नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


    वीरगञ्ज, भदौ ८ गते । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पर्साको विन्दबासिनी गाउँपालिका–३ इटियाही ७० वर्षीया वृद्धाको आइतबार बिहान मृत्यु भएको हो ।

    क्षरोगको बिरामी रहकी महिलालाई स्वास प्रश्वासमा समस्या देखिएपछि शनिबार नारायणी अस्पताल भर्ना गरिएको थियो । कोभिड १९ अस्पतालमा बेड खाली नभएपछि महिलालाई अस्पतालकै आइसियूमा रखेर उपचार गरिएको थियो ।

    शनिबार गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

     


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस