• The Public Today
  • दिग्गज चलचित्र निर्देशक एबी राजको निधन


    एजेन्सी । दिग्गज चलचित्र निर्देशक एन्टोनी बास्कर राज (एबी राज) को ९५ उमेरमा निधन भएको छ । उनको आइतबार चेन्‍नईमा हृदयाघातका कारण निधन भएको हो ।

    उनले श्रीलंकामा चलचित्र निर्माताको रुपमा आफ्नो करियरको सुरुवात गरेका थिए । ए बास्कर नामले पनि इन्डस्ट्रिजमा चर्चित उनले सोही नामबाट सिंहलीमा १० भन्दा बढी चलचित्रहरु निर्देशन गरेका छन् । सन् १९५७ मा रिलिज भएको हलिउड चलचित्र ‘द ब्रिज अन द रिभर क्‍वाई’ का चलचित्र निर्देशक डेभिड लिनसँग पनि काम गरेका छन् ।

    उनले ६० दशकको अन्ततिर मलयालम चलचित्रहरु निर्देशन र निर्माण गर्न सुरु गरेका हुन् । उनले ६५ वटा मलायलम चलचित्रहरु निर्देशन गरेका छन् । साथै उनले २ वटा तमिल चलचित्र पनि निर्देशन गरेका छन् । उनी राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री सरन्या पोन्भन्‍नका बुबा हुन् । (इन्डियन एक्सप्रेस)


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस