• The Public Today
  • सबै अस्पताललाई कोभिड अस्पतालमा परिणत गर्ने सरकारको निर्णय


    काठमाडौं, भदौ ८ गते । सरकारले देशभरका सबै अस्पताललाई कोभिड अस्पतालमा परिणत गरेको छ ।

    यसअघि कोरोना संक्रमितको उपचारका लागि लेभल वान, लेभल २ र लेभल ३ अस्पताल छुट्याएको थियो । तर, अहिले त्यो व्यवस्थालाई खारेज गर्दै सबै अस्पताललाई कोभिड अस्पतालमा परिणत गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    प्रवक्ता गौतमले सबै अस्पतालले काभिड पोजेटिभ भएपनि नेगेटिभ भएपनि उपचार गर्नुपर्ने बताए ।

    ‘सबै अस्पतालाई कोभिड अस्पताल बनाइएको छ । यसमा जिल्लास्थित अस्पताल, प्रादेशिक अस्पताल, शिक्षण अस्पताल, केन्द्रीय अस्पताल र कतिपय निजी अस्पताल पर्छन्,’ उनले भने, ‘अब यी अस्पतालमा उपलब्ध सबै सेवा कोभिड पोजेटिभ भएपनि नभए पनि उपचार गर्नुपर्ने निर्णय भएको छ ।’


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस