• The Public Today
  • अदालतहरु भदौ १५ सम्मका लागि बन्द


    द पब्लिक टुडे समाचारदाता
    बर्दिवास, भदौं ८ गते : प्रदेश नम्बर २ मा कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्न थालेपछि अदालतहरु भदौँ १५ सम्म बन्द रहने भएको छ ।

    प्रदेश २ का उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा र जिल्ला अदालत महोत्तरीको अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।

    उच्च अदालत जनकपुर, सरकारी वकिलको कार्यालयका कर्मचारीहरु पनि कोरोना संक्रमित भएका कारण अत्यावश्यक सेवा बाहेक सम्पूर्ण कार्यहरु भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको उच्च अदालत जनकपुरले जनाएको छ ।

    केही साता अघि मात्रै उच्च अदालत जनकपुरका एक न्यायधिशमा कोरोना संक्रमण पोजेटिभ देखा परेको थियो भने सरकारी वकिलको कार्यालयका कर्मचारीमा पनि कोरोनाको संक्रमण पोजेटिभ देखिएको थियो ।

    उच्च अदालत जनकपुर, सरकारी वकिलको कार्यालय, जिल्ला अदालत धनुषा, जिल्ला अदालत महोत्तरीका पदाधिकारीहरु बिच भएको वैठकबाट कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अदालतको कामकारबाही बन्द गर्ने निर्णय गरिएको छ ।

    सो अवधिमा उच्च अदालत जनकपुर र जिल्ला अदालत महोत्तरीको हकमा थुनछेक, बन्दी प्रत्यक्षीकरण, बालबालिकाको हकमा पर्ने निवेदन, महामारी सम्बन्धी निवेदन दर्ता तथा सुनुवाई हुने उच्च अदालत जनकपुरले जानकारी दिएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस