• The Public Today
  • कोरोना संक्रमित महिलाले जन्माइन् शिशु


    काठमाडौं, भदौं ८ गते । कोरोनाभाइरस संक्रमित एक एक गर्भवती महिलाले शिशुलाई जन्म दिएकी छिन् । मोरङको विराटनगरकी २० वर्षीया महिलाले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा सोमबार शिशुलाई जन्म दिएकी हुन् ।

    ती महिलामा गत भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने धरानमा आइतबार भर्ना भएकी थिइन् ।

    संक्रमित महिलाले जन्म दिएको शिशुको तौल २ किलो ८०० ग्राम रहेको छ भने आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस