• The Public Today
  • कर्मचारीमा कोरोना देखिएपछि प्रदेश २ कार्यालय र विरगंज डिपो बन्द


    द पब्लिक टुडे समाचारदाता
    बर्दिवास, भदौं ८ गते : नेपाल आयल निगमको अमलेखगंजमा कार्यरत ६ जना र मातहतका डिपो कार्यालयमा थप ३ जना गरी ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रदेश नम्बर २ प्रादेशिक कार्यालय र मातहतको विरगंज डिपो बन्द गरिएको छ।

    कर्मचारीमा कोरोना संक्रमण देखिएपछि वैकल्पिक व्यवस्थाका लागि केन्द्रीय कार्यालयबाट २ दिनभित्र सपोर्ट टिम पठाई इन्धन आपूर्ति प्रणाली सहज बनाइने निगमले जनाएको छ ।

    यसअघि कर्मचारीमा कोरोना संक्रमण देखिएपछि निगमको भैरहवा डिपो बन्द भइसकेको छ। त्यस क्षेत्रका डिलरका लागि आवश्यक पेट्रोलियम पदार्थ अमलेखगंज डिपोबाट पठाउने निर्णय निगमले गरेको थियो। भैरहवा डिपोमा अमलेखगंज डिपोका टयांकरबाटै ढुवानी भइरहेकोमा अमलेखगंजका कर्मचारीमा पनि संक्रमण देखिएपछि त्यहाँको आपूर्ति व्यवस्थापनमा पनि समस्या भएको छ।


    क्याटेगोरी : अर्थ, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस