• The Public Today
  • पाँच तले भवन भत्किँदा झण्डै ९० जना पुरिए, उद्धारको काम चल्दै


    बर्दिवास, भदौं ९ गते : भारत महाराष्ट्रमा पाँच तले भवन भत्किँदा झण्डै ९० जना पुरिएका छन् । एक जनाको ज्यान गएको छ ।

    सोमवार बेलुकी महाराष्ट्रको रायगढ जिल्लाको महाडमा पुरिएकामध्ये ८ जनाको अस्पतालमा उपचार भइरहेको छ । एक जनाको भने ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । महाड शहर दक्षिण मुम्बईबाट १ सय ८० किलोमिटरको दूरीमा पर्छ ।

    समाचार एजेन्सी एएनआईका अनुसार उद्धारका लागि राष्ट्रिय विपद व्यवस्थापन बलको टोली खटिएकाे छ।

    हापुस तालनजिकै रहेको उक्त भवन दशक पुरानो हो। भवनामा ४५ देखि ४७ वटासम्म फ्ल्याट थिए। भवन ढल्न लागेपछि केही मानिस बाहिर आउन सफल भए पनि धेरै मानिस भित्रै थिए।

    भारतका गृहमन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय विपद प्रतिक्रिया बलका महानिर्देशकलाई उद्धार र सहायता प्रदान गर्न निर्देशन दिएका छन्।

    त्यस्तै मुख्यमन्त्री उद्धव ठाकरे, स्थानीय विद्यायक भरत गोगावले लगायतले पनि उद्धारमा जुट्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन्। एजेन्सी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस