• The Public Today
  • आज पनि देशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने


    भदौ ९ गते : आज देशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

    अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । केही ठाउँमा हल्का पानी पनि परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    बिस्तारै पानी पर्न रोकिएर मौसम खुल्दै जाने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसोपछि भने फेरि बादल लागेर कतै(कतै मेघगर्जनसहित पानी पर्न सक्नेछ ।

    प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पनि पर्ने संभावना रहेको उहाँले बताउनुभयो । तर नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्न पनि सक्ने उहाँको भनाइ छ ।

    यस्तै राति देशभरिकै मौसम सामान्यतया बदली भई प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक दुई ठाउँमा ठूलो पानी परे पनि अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उज्यालो 


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस