• The Public Today
  • विधालय रुपान्तरण गर्न तयार पारेको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)


    द पब्लिक टुडे समाचारदाता
    बर्दिवास, भदौं ९ गते : जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीले सामुदायिक विधालय रुपान्तरण गर्न तयार पारेकोे ‘विद्यालय निर्माणमे चलु सब कोई जुटु यौं’ भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतोको मुख्य अभिनय रहेको म्युजिक भिडियो अनुप जनकपुर नामक युटुभ च्यानल मार्फत बजारमा आएको हो । म्युजिक भिडियोमा कलाकारहरुले सामुदायिक विद्यालय निर्माणमा जुट्न सबैलाई अपिल गरिएको छ ।

    सञ्जालले मुठ्ठीदान अभियान संचालन गरेर महोत्तरीको बर्दिबास–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा बालउद्यान निर्माण गरिरहेको छ ।

    अभियान सफल बनाउन तयार पारिएको म्युजिक भिडियोको गीत मगही भाषामा छ । पत्रकार अमृत कुमार महतोले रचना गरेको गीतमा गायक बिजय दासले स्वर भरेका छन् ।

    माँ सोना म्युजिक रेकडिङ्ग स्टुडियो गौशाला बजार महोत्तरी संचालक अमरेन्द्र महतोले गीतमा संगीत भरेका छन् ।

    अनुप जनकपुरको ब्यानरमा निर्माण गरिएको म्युजिक भिडियोको छयाँकन हाँस्यकलाकार कृष्ण कुमार महतोले गरेका छन् । भिडियो निर्माण गर्ने काम न्यामिक कुमार यादवले पुरा गरेसंगै भिडियो बजारमा आएको जनसहयोगी सञ्जाल बर्दिबास महोत्तरीका अध्यक्ष परमेश्वर महतोले जनाएका छन् ।

    म्युजिक भिडियाे :

     


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस