प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल

FIle Photo

काठमाडौं, भदौ ९ गते । नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ ।

नेकपाको कार्यदलले बुझाएको प्रतिवेदनमाथि ओली र प्रचण्डबीच छलफल सुरु भएको जनाएको छ । छलफलका लागि अध्यक्ष प्रचण्ड ९ः४५ बजे बालुवाटार पुगेका हुन् ।

नेकपा विवाद सुल्झाउन गठन गरिएको कार्यदलले शनिबार प्रतिवेदन बुझाएको थियो। त्यसैमाथि दुवै अध्यक्षबीच छलफल सुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए ।

दुवै अध्यक्षले विवाद मिलाउन साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्य कार्यदल गठन गरेका थिए । कार्यदलले भदौ ६ गते समाधानको उपचायसहित १७ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो ।

कार्यदलले दुवै अध्यक्षको जिम्मेवारी छुट्याएको छ । ओलीले सरकार सञ्चालन गर्न र प्रचण्डले पार्टी चलाउने जिम्मेवारी बाडफाँड गरिएको छ ।