• The Public Today
  • काठमाडौंमा थप एक जना कोरोनाबाट मृत्यु


    द पब्लिक टुडे समाचारदाता 
    बर्दिवास, भदौं ९ गते : सशस्त्र प्रहरी बलको बलम्बुस्थित कोभिड विशेष अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार काठमाडौं घर भएका ६६ वर्षीय पुरुष रहेका छन् ।

    गत साउन ३१ गतेबाट अस्पतालको आईसीयूमा उपचाररत पुरुषको आज दिउँसो १२ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. प्रवीण नेपालले जानकारी दिए । उनका अनुसार मधुमेह र उच्च रक्तचापको समस्यासमेत रहेको थियो  ।

    योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५८ पुगेको छ । हालसम्म नेपालमा ३२ हजार ६ सय ७८ संक्रमित भेटिएका छन् । तीमध्ये १८ हजार ८ सय ६ जना निको भएर घर फर्किसकेका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस